दफा १८
सहजीकरण समिति:
(१) कर्मचारी समायोजन सम्बन्धी कार्यमा सहजीकरण गर्ने प्रयोजनको लागि देहाय बमोजिमको एक सहजीकरण समिति रहनेछ:-
(क) मुख्य सचिव, नेपाल सरकार -संयोजक
(ख) सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
कार्यालय -सदस्य
(ग) सचिव, मन्त्रालय -सदस्य
(घ) सचिव, अर्थ मन्त्रालय -सदस्य
(ङ) सचिव, कानून, न्याय तथा संसदीय
मामिला मन्त्रालय -सदस्य
(च) सचिव, सेवा सञ्चालन गर्ने निकाय -सदस्य
(छ) सहसचिव, मन्त्रालय -सदस्य-सचिव
(२) उपदफा (१) बमोजिमको सहजीकरण समितिको बैठक तथा तत् सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।